नियम
विद्युत महसुल र अन्य दस्तुर निर्धारण गर्ने

(१) नियम ७ बमोजिम परेको दरखास्त उपर नियम ८ बमोजिम आयोगले जा“चबुझ गरेपछि दरखास्तवालाले प्रस्तावित गरेको दर अनुसार वा आवश्यक भए त्यस्तो दरमा संशोधन समेत गरी आयोगले दरखास्त परेको मितिले साठी दिन भित्र विद्युत मसहुल र अन्य दस्तुर निर्धारण गर्नेछ ।
(२) उपनियम (१) बमोजिम आयोगले विद्युत महसुल र अन्य दस्तुर निर्धारण गर्दा निर्धारित वा परिवर्तित दर लागू हुने मिति समेत तोकिदिनु पर्नेछ ।
(३) नियम ८ बमोजिम आयोगले जाँचबूझ गर्दा अनुमतिपत्र प्राप्त व्यक्तिले प्रस्तावित गरेको विद्युत महसुल र अन्य दस्तुर परिवर्तन गर्न आवश्यक नदेखेमा आयोगले सो कुराको जानकारी सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई दरखास्त परेको मितिले साठी दिन भित्र दिनु पर्नेछ ।